‘बिहे पास’मा दयाहाङ र प्रकृति अनुबन्ध, बाँकी कलाकार अडिसनबाट छानिने

काठमाडौं : अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अनुबन्ध भएको चलचित्र ‘बिहे पास’मा बाँकी कलाकार अडिसनबाट छानिने भएका छन्।
निर्देशक प्रवेश पौडेलले १२ जनाभन्दा बढी कलाकार छान्नका लागि भोलि र पर्सि अडिसन लिइने जानकारी दिए। उनले चलचित्र ‘बिहे पास’का लागि २० देखि ६५ वर्षसम्मका अनुभवी कलाकार आवश्यक रहेको बताए।
‘स्क्रिप्टको माग अनुसार ‘कास्टिङ कल’ गरिएकाले अनुभवी कलाकारका लागि अडिसन गर्न लागेका हौं,’ उनले भने।
आरआर फिल्मस् प्रोडक्सनमा निर्माण हुन लागेको उक्त चलचित्रमा रोहित कट्टेलको प्रस्तुति रहेको छ। चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन्।
सामाजिक विषयवस्तु समेटिएको उक्त चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन्।
फागुन १०, २०७७ सोमबार १९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।