सिभिलले सुरु गर्यो नगदरहित अभियान

काठमाडौं : सिभिल बैंकले नगदरहित अभियान सुरु गरेको छ।
बैंकले सिन्धुलीको सिन्धुलीमाडीबाट नगदरहित अभियानअन्तर्गत क्युआर कोडबाट रकम भुक्तानी थालेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पोको भाडा तथा जुनार खरिदको मूल्य क्युआर कोडमार्फत भुक्तानी गरेर अभियान थालनी गरे।
अभियानअन्तर्गत सिन्धुली क्षेत्रका ७४ वटा टेम्पो चालक तथा ३४ वटा व्यापारीहरूलाई क्युआर कोड वितरण गरिएको छ।
राष्ट्र बैंकका गभर्नर अधिकारीले अहिलेको अवस्थामा नगदरहित अभियान प्रभावकारी भएको बताए। साथै उनले उक्त अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापीरूपमा लैजानु पर्ने पनि बताए।
बैंकले ११४ शाखाहरू तथा ६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ। बैंकले करिब ७८ अर्ब रूपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७१ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।
फागुन २, २०७७ आइतबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।