सेयर कारोवार ३३ अंकले घट्यो

काठमाडौं - नेपाल स्टक एक्सचेन्जमा सेयर कारोवार ३३ अंकले घटेको छ।
साताको पहिलो कारोवार दिन सेयर कारोवार नेप्से ३३ दशमलव ३३ अंकले घटेको हो। नेप्से इन्डेक्स १ दशमलव ३२ प्रतिशतले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ कायम भएको छ।
आज आइतवार १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर किनवेच हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज २ सय २ कम्पनीका सेयर ५८ हजार ३ सय ९ पटक किनवेच भएको छ। सेयर बजारमा सुचिकृत प्राय सबै सेयरको परिसुचक घटेको छ।
फागुन २, २०७७ आइतबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।