ग्यास प्रतिसिलिन्डर १४ सय रुपैयाँ 

ग्यास प्रतिसिलिन्डर १४ सय रुपैयाँ 

काठमाडौँ : नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ।

मूल्य बढेसँगै आज (बिहीबार) देखि प्रतिसिलिन्डर ग्यासको १४ सय रुपैयाँ तिर्नु पर्ने भएको छ। 

यस्तै आयल निगमले पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। निगमले तोकेको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ,  डिजेल र मट्टितेल ९५ रुपैयाँ तिर्नु पर्नेछ।

हवाई इन्धनको मूल्य भने यथावत् रहेको आयल निगमले जनाएको छ। 

माघ २९, २०७७ बिहीबार ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।