प्रि ओपनिङ सेसनमा १० दशमलव ४४ अङ्कको बृद्धि

प्रि ओपनिङ सेसनमा १० दशमलव ४४ अङ्कको बृद्धि

काठमाडौँ :नेपाल स्टक एक्सचेन्जमा बुधवारको प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक १० दशमलव ४४ अङ्कले बढेको छ।

यो मङ्गलवार सेयरबजारकाे प्रि ओपनिङ सेसनको ० दशमलव ४१ प्रतिशतले बढी हो। प्रि सेसनमा ६ हजार ४ सय ९५ कित्ता सेयर ४ लाख १४ हजार १ सय ८० रुपैयाँमा किनबेच भएको छ। प्रि ओपनिङ जम्मा १५ मिनेटको हुन्छ। १०ः३० देखि १०ः४५ सम्मलाई प्रि ओपनिङ सेसन भनिन्छ।

यो सेसनमा किनबेच नहुने स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए। 

११ बजेदेखि ३ बजेसम्म नेप्सेमा सुचिकृत विभिन्न कम्पनीका सेयर किनबेच हुन्छ। यसले नै दिनभरको कारोबार जनाउँछ। 

 

माघ २८, २०७७ बुधबार ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।