सनराइज बैंकका सिइओ पौड्यालको राजीनामा

काठमाडौं : सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन्।
उनले आफ्नो कार्यकालको १९ महिनापछि आज (मंगलबार) सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन्।
उनी चार वर्षीय कार्यकालका लागि २०७६ असार २९ गते बैंकको सिइओमा नियुक्त भएका थिए।
सञ्चालक समितिसँगको विवादका कारण पाैड्यालले राजीनामा दिएको उनी निकट स्रोतले बताएको छ।
उनको राजीनामा आजै स्वीकृत गर्ने सञ्चालक समितिको तयारी छ।
माघ २७, २०७७ मंगलबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।