सुनको भाउ तोलाको ९१ हजार ९ सय रुपैयाँ कायम

काठमाडौँ : नेपाली बजारमा छापावाल सुनको भाउ तोलाको ९१ हजार ९ सय रुपैयाँ पुगेको छ।
आज एकै दिन तोलामा १५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ९ सय रुपैयाँ पुगेको हो।
हिजो (सोमबार) सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको भाउ आज ९१ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेको छ। महासङ्घका अनुसार चाँदीको भाउ आज तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
माघ २७, २०७७ मंगलबार १४:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।