सुनको आपूर्ति व्यवस्था सहज बनाइने

सुनको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ : विभिन्न बैङ्कहरू मार्फत हुँदै आएको सुनको आयात र विक्री वितरण कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । 

नेपाल राष्ट्र बैङ्कले सुन आयात र वितरणको विषयमा निश्चित प्रावधान लागु गरेको भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको व्यवसायीको गुनासो रहेको भन्दै राष्ट्र बैङ्कले त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधिमण्डलसँग भएको छलफलमा राष्ट्र बैङ्कको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले राष्ट्र बैङ्कले जारी गरेको सर्कुलर अनुसार काम भए नभएको अनुगमनगरी त्यसलाई व्यवस्थित गर्न पहल गरिने प्रतिबद्धता जनाएको महासङ्घले जनाएको छ।  

छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले व्यवसाय सञ्चालनमा आइपरेका समस्या समाधानका लागि पहल गर्न आग्रह गरे। 

माघ २७, २०७७ मंगलबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।