हुण्डाई एक्सचेन्ज कार्यक्रम सुरु

काठमाडौँ : नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुण्डाई एक्सचेन्ज कार्यक्रम सुरु गरेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले फाल्गुन २ गते आइतबार बिहान १० बजे देखि साँझ ५ बजे सम्मका लागि हुण्डाई एक्सचेन्ज कार्यक्रम ल्याएको जनाएको छ।
योजनामा एक्सचेन्ज गर्नुका साथै उच्चतम मूल्याङ्कन , आकर्षक नगद छुट, १५ हजार रुपैयाँ बरावरको लोयल्टी बोनस र १ लाख ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस का साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध हुने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले जनाएको छ।
प्रा. लि. का महाप्रबन्धक (सेल्स र मार्केटिङ) रुपेश शर्मा भट्टले ग्राहकहरूलाई सधैँ उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको बताए। देश व्यापी कार्यक्रमले पनि ग्राहकहरूलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने भट्टले बताए।
प्रा.लि.का अनुसार हुण्डाई एक्सचेन्ज नेपालको सबै डिलर नेटवर्कमा उपलब्ध छ।
माघ २७, २०७७ मंगलबार १०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।